Friday, March 22, 2024


काठमाडौं । स्मार्टफोन बजारमा एकाधिकार कायम गरेको आरोपमा आईफोन निर्माता कम्पनी एप्पल विरुद्ध मुद्दा परेको छ । अमेरिकी न्याय विभाग र १६ राज्यका महान्यायाधिवक्ताले बिहीवार एप्पल विरुद्ध मुद्दा दायर गरेका हुन् ।

आफूलाई सम्पन्न बनाउन प्रतिस्पर्धीहरूलाई दबाएको आरोप एप्पलमाथि लागेको छ । न्यु जर्सीको जिल्ला अदालतमा दायर गरिएको ८८ पृष्ठ लामो मुद्दामा एप्पलले आईफोनमा कडा नियन्त्रण कायम गरेर अन्य कम्पनीलाई आफूसँग प्रतिस्पर्धा गर्नसक्ने महत्त्वपूर्ण एप्लिकेसन र सेवाहरू तयार पार्न रोक लगाएको र त्यसबाट एन्टिट्रस्ट कानून उलङ्घन हुन पुगेको उल्लेख छ ।

परिणाम स्वरूप प्रतिस्पर्धी स्मार्टवाच, डिजिटल वालेट तथा क्रस प्लेटफर्म मेसेजिङ सेवामा सपोर्ट गर्ने जस्ता उपभोक्तालाई लाभ पुग्न सक्ने सुविधा तथा कार्यक्षमता प्रदान गर्ने एपमा प्रतिस्पर्धा कम गरिदिएको तर्क गरिएको छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले बिहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा भने, "एप्पलले आफ्ना उत्पादन उत्कृष्ट बनाएर नभई अरूका उत्पादन खराब बनाएर आफ्नो एकाधिकार शक्तिलाई मजबुत बनाएको भन्ने हाम्रो आरोप हो ।"

उनले अगाडि भनेका छन् कि अमेरिकी स्मार्टफोन बजारमा एप्पलको बजार हिस्सा ६५ प्रतिशतभन्दा माथि रहेको छ, कम्पनीले यस्ता व्यवधान खडा गरेर आफूलाई शक्तिमा कायम राखिरहेको र त्यसले प्रयोगकर्ता र डेभलपर दुवैका लागि एप्पलको इकोसिस्टम बाहिर उद्यमशीलता गर्न निकै कठिन र महँगो बनाएको छ ।

तर एप्पलले भने सरकारी आरोप अस्वीकार गर्दै एक विज्ञप्तिमार्फत दायर मुद्दालाई लिएर भनेको छ, "त्यसले हाम्रो परिचय र अत्यधिक प्रतिस्पर्धी बजारमा एप्पलका उत्पादनलाई भिन्न राख्ने सिद्धान्तलाई नै खतरामा पारेको छ ।" कम्पनीले अगाडि थप्दै भनेको छ कि यदि मुद्दा सफल भएको खण्डमा त्यसले खतरनाक नजिर कायम गर्नेछ, जस मार्फत मानिसहरूको प्रविधि डिजाइन गर्ने क्षमतामाथि सरकारको हात बलियो पार्न सहयोग पुर्‍याउनेछ ।

कम्पनीले भनेको छ, ""यो मुद्दा तथ्य र कानूनको हिसाबले गलत छ भन्ने हाम्रो बुझाई छ र हामी यस विरुद्ध कडा रूपमा बचाउमा उत्रिनेछौं ।" अमेरिकी सरकारको यो मुद्दाले एप्पलको करिब तीन ट्रिलियन अमेरिकी डलरको साम्राज्यको केन्द्रमाथि नै हमला गरेको छ ।

जुन उसको आईफोनको उल्लेखनीय सफलतामा बनेको हो । १७ वर्ष अघि यसलाई सुरु गरेपश्चात् एप स्टोर जस्ता सेवाहरूलाई सशक्त बनाएर आईफोनलाई उद्योगकै पावर हाउसको रूपमा अगाडि बढाउन सफल भएको छ । जुन आफैंमा उबर, एयरबीएनबी र स्पोटीफाई जस्ता मल्टी बिलियन डलर कम्पनीका लागि समेत जीवन रेखा बनेको छ ।

आलोचकहरूको भनाईमा आईफोनको मुख्य कार्य क्षमता वरिपरि रहेर बनेका एप्पलका आफ्ना उत्पादन र सेवाहरूसँग प्रतिस्पर्धीका उत्पादन प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा पुर्‍याएको मूल्यमा एप्पलले सफलता हात पारेको हो । मुद्दामा त्यस्ता निर्णयहरूलाई नयाँ आकार दिने क्षमता रहेको छ, जो प्रविधि कम्पनीहरू आफूले निर्माण गरेका उपकरणका लागि द्वितीय अनुभव बनाउँदाको समयमा लिने गर्दछन् ।

न्याय विभागले यस्ता थुप्रै उदाहरण समेत दिएको छ, जहाँ यस्तो भइरहेको उसको बुझाइ छ । त्यसमा भिडिओ गेम स्ट्रिमिङ, क्रस-प्लेटफर्म मेसेजिङ, स्मार्टवाच, वेब ब्राउजर र विज्ञापन सामेल छन् । 


Saturday, February 25, 2023

 


१३ फागुन, काठमाडौं । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा अलआउट भएको हो ।

कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् ।

६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए ।


Saturday, June 25, 2022

Important Links for Download 

AnyDesk(Remote Desktop Acces)

Chedot Browser(Easy Youtube Download) 

PDF Viewer                                                    

Preeti to Unicode Conversion                                

Unicode to Preeti conversion                 
               
Photoshop CS6 Backup File
Zip File
EXE File

Easy PDF Conversion
https://pdfcandy.com                                                                    

Test Your Typing Here

Presentation Template

Crack Your Windows or Office 
Click Here to see the instruction and download the crack software: https://official-kmspico.com

Nepali Font Collection
Other Designing Nepali Font: Website Link: Ananda Font

Google Drive

Presentation Template

Zip Extract Soft:  

Click for other websites 
IMP 105 websites

Downloads:

Blogspot template:

Easy Designing


Corona Official Details

Download International Books
Website 1 :https://b-ok.cc



Friday, June 17, 2022

 ३ असार, काठमाडौं । पछिल्लो समयमा शेयर बजार लगातार घटिरहेको छ । सरकारले ल्याएका नीतिका कारण बजार घटेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् ।



मौद्रिक नीतिको अवधि नजिकिदैं जानू, सेयर बजार सुधारमा अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले पूर्णता पाउनू लगायतका कारणले अब बजार नघट्ने आशामा केही लगानीकर्ता छन् ।

यही बेला केही लगानीकर्ताहरु भने बजार थप नघट्ने तर्क गरिरहेका छन् । १० महिना अवधिमा बुधबारसम्म एक हजार २ सय २८ अंकले घटेको छ । बजारबाट १२ खर्ब रुपैयाँ गुमाएका लगानीकर्ता यतीबेला त्रास, पर्ख र हेरको अवस्थामा देखिन्छन् । यसैको सेरेफेरोमा हामीले बजारका केही राम्रा भनिएका कम्पनीको एक वर्षको मूल्य अवस्था अध्ययन गरेका छौं । जसमा राम्रा भनिएका कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा बढीले घटेको देखिन्छ ।

जीवन बीमातर्फ लगानीकर्ताले रुचाउने कम्पनी हो नेपाल लाइफ इन्सुरेन्स । एनएलआईसीको सेयर पछिल्लो एक वर्षमा ६६ प्रतिशतसम्म घटेको छ । यो अवधिमा अधिकतम प्रतिकित्ता २१ सय ९१ रुपैयाँसम्म पुगेको थियो । तर ओरालो लागेको बजारमा कम्पनीको सेयर मूल्य ७२१ रुपैयाँसम्ममा झर्‍यो । शुक्रबार यो कम्पनीको सेयर मूलय ७ सय ३० रुपैयामा कारोबार भएको छ ।

लगानीकर्ताले दोस्रो बजारमा अर्को राम्रो भनिएको कम्पनी हो नबिल बैंक । बैंकको सेयर दोस्रो बजारमा अधिकतम् एक हजार ७४० रुपैयाँसम्म पुगेको थियो भने न्युनतम् ८१५ रुपैयाँमा पनि झ¥यो । अहिले कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ छ ।

दोस्रो बजारमा लगानीकर्ता झुम्मिने अर्को कम्पनीको हो हिमालयन डिष्टीलरी । यो कम्पनीको सेयर मूल्य ओरोलो लागेको बजारमा आधा भन्दा बढीले घट्यो ।

अधिकतम् ७ हजार ९३८ रुपैयाँसम्म प्रतिकिक्ता खरिद बिक्री भएको कम्पनीको सेयर मूल्य न्युनतम् ३ हजार रुपैयाँसम्ममा आइपुगेको थियो । शुक्रबार बजार बन्द हुँदा यो कम्पनीको मूल्य ३ हजार ५७ रुपैयाँ प्रतिकित्ता छ ।

सरकारी स्वमित्वको नागरिक लगानी कोषको सेयर दोस्रो बजारको अर्को राम्रो स्टक हो । बजार उचाईमा पुगेको बेला प्रतिकित्ता ४ हजार ५६० रुपैयाँसम्म पुगेको कम्पनीको सेयर केही दिनअघि २ हजार २८५ रुपैयाँसम्मा झरेको थियो । शुक्रबार अन्तिम कारोबार २ हजार २९६ रुपैयाँ पुगेको छ ।

लघुवित्त क्षेत्रको अर्को राम्रो भनिने सेयर भएको कम्पनी हो महिला लघुवित्त वित्तिय संस्था । सेयर बजार उच्च रहेको १० महिना अघि प्रतिकित्ता ५ हजार ६ सय रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३ हजार २९ रुपैयाँसम्मले घटेको थियो । शुक्रबारको कारोबार पछि कम्पनीको सेयर मूल्य ३ हजार ३८० रुपैयाँ पुगेको छ । 

कम्पनी१ वर्षको अधिकतम् मूल्यशुक्रबारको मूल्य
NLIC२१९१७३०
NABIL१७३२८१८
HDL७९३८३०५७
CIT४५६०२२९६
MLBSL५६००३३८०
JBLB५५१६२८००
UNL२१२००१८१००
MEN१५३०८३०
UPPER९६२४५३
नोट : बोनस शेयर दिएका कम्पनीको मूल्य समायोजन हुने गरेको छ । तर माथि उल्लेखित मूल्यमा कम्पनीले दिएको बोनसको हिसाब समावेश छैन ।

लघुवित्त क्षेत्रकै अर्को रुचाइएको कम्पनी हो जीवन विकास लघुवित्त यो कम्पनीको सेयर मूल्य १० महिना अघि बढेको बजारमा ५ हजार ५१६ रुपैयाँसम्म पुगेको थियो तर अहिले घटेको बजारमा कम्पनीको सेयर मूल्य न्युनतम् २ हजार ७ सय रुपैयाँसम्म झरेको थियो । शुक्रबार कम्पनीको सेयर मू्ल्य २ हजार ८०० रुपैयाँ छ ।

यस्तै बहू राष्ट्रिय कम्पनी यूनिलिभरको सेयर मूल्य पनि निकै उतारचढाबपूर्ण बजारका कारण घटेकै देखिन्छ । बजार उच्च भएको र ओरालो लागेको १० महिना अवधिमा कम्पनीको सेयर २१ हजार २ सयबाट घटेर १७ हजार ३७६ रुपैयाँसम्म झरेको थियो । शुक्रबार यो कम्पनीको दोस्रो बजारमा बिक्री भएको सेयर मूल्य १८ हजार १०० छ ।

जलविद्युततर्फको माउण्टेन इनर्जी कम्पनीको सेयर मूल्य एक हजार ५ सय ३० रुपैयाँको अधिकतम् मूल्यबाट घटेर ८ सय ३० रुपैयाँसम्म झर्‍यो ।

जलविद्युततर्फ लगानीकर्ताले कारोबार गर्ने अर्को कम्पनी अपर तामाकोशी हो । बढेको बजारमा प्रतिकित्ता ९६२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर अहिले घटेको बजारमा न्यूनतम् ४ सय ५३ रुपैयाँसम्म आईपुग्यो । शुक्रबार यो कम्पनीको अन्तिम कारोबार ४५२ रुपैयाँमा भएको छ ।


 || धादिङको गंगाजमुना गाउँपालिकास्थित मण्डली मा.वि विद्यार्थीहरूको प्रयोगात्मक कार्य ||

May be an image of 4 people, people standing and outdoors

 सयपत्रिको फूल बिरुवा र बिउँ चाहिए सम्पर्क गरौं"- चितवनमा पछिल्लो समय पुष्प ब्यवसायमा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ । लगानी अनुसारको मनग्य आम्दानी हुने भएकोले यो ब्यवसायमा युवाहरु आकर्षित भएका छन् । कालिका नगरपालिका २ पदमपुरका गोविन्द बास्तोला र भरतपुर १४ शिवनगरका मनोज कुमार ढकालले पनि चितवनमा पुष्प ब्यवसाय गर्दै आइरहेका छन् । बास्तोला र ढकाल मिलेर जग्गा भाडामा लिएर पुष्प ब्यवसाय गरेका हुन् ।

बास्तोला र ढकालले संयुक्तरुपमा कालिकाको पदमपुरमा २ विगाहा र भरतपुरको शिवनगरमा १५ कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेका छन् । बारीमा अहिले बिक्री गर्नको लागि फुलको बिउँ राख्ने तयारी अवस्थामा रहेको उनि बताउछन्। करिब ३ बर्ष अगाडि जिएम फ्लोरिकल्चर फर्मको नामबाट ब्यवयास सुरु गरेका उनिहरु अहिले तिहारको लागि सयपत्री फूलका बिरुवा उत्पादन र बिउँ बिक्रीवितरण गर्न ब्यस्त छन् । अहिले उनि नेपालमा राम्रो उत्पादन हुने कलकत्ते,टेनिस बल, लडुगन्दा सयपत्री फुलका बिरुवा तथा बिउँ बेच्ने तयारीमा रहेको बताउँछन्।
अगाडिका बर्ष फुलको अत्यधिक माग भएको हुँदा अहिले प्रन्ध हजार माला बिक्री गर्ने लक्ष्य राखेर काम गरिरहेको उनिहरु बताउँछन्। कृषी विषयनै अध्ययन गरेका ढकालले भने ‘अहिले युवाहरु विदेशीने क्रम वढ्दो छ मेहनत गरेर नेपालमै पुष्प ब्यवसाय गरेमा यहीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’ उनले चितवन फूलमा आत्मनिर्भर नभएको भन्दै युवाहरु यो ब्यवसायमा लागे छिट्टै चितवन फूलमा आत्मनिर्भर हुने बताए ।
पुष्प ब्यवसायमा लाग्दाको सुरुवाती दिन सम्झीदै बास्तोलाले भने ब्यवसाय सुरु गर्दा त्यती प्रोत्साहन नमिले पनि अहिले सवैले यसको महत्व बुझेकाले प्रोत्साहन गर्ने गरेको बताए । उनले भने ‘ब्यवसायबाट सन्तुष्ट छौ, नाफा पनि कमाइराखेका छौ अब हाम्रो लक्ष्य भनेको जग्गा थप्दै फुल खेती गरेर चितवनलाई फुलमा आत्मनिर्भर बनाउने हो ।’ काठमाण्डौमा शंकरदेब क्याम्पसमा प्राध्यापन पेशा गरिरहेका बास्तोलाले पेशा छोडेर पुष्प ब्यवसाय अंगालेका हुन् उनले अहिले भरतपुर कलेजमा अध्यापन गर्दै पुष्प ब्यबसायमा लागेका छ्न,भने कृषि विषयनै अध्ययन गरेका ढकाल कृषि विकास कार्यालय डोल्पाका अधिकृत हुन् ।
ढकालका अनुसार फूलको माग अन्य समयमा भन्दा चाडपर्वको समयमा अत्याधिक हुने गरेकोे छ। उनले तिहारको लागि फूलको माग अत्यधिक भइराखेको हुन्छ तर हामीले उत्पादन गरेको भन्दा बढीको माग हुने गरेको उनि बताउँछन।
तेसैले अहिके उत्पादन बढाउने गरि काम गरिरहेको उनिहरु बताउँछन।
उनले फूलको माग चाडपर्वविवाह,व्रतवन्ध,सभा,गोष्ठी,सेमीनार लगायतका कार्यक्रमको लागि हुने गरेको बताए । तिहारको लागि सयपत्री फूलको माग अत्याधिक हुने उहाँ बताउहुन्छ। तिहारमा बजारमा प्रतिमाला खुद्रा मुल्य ९० रुपैयाँ भन्दा माथी र थोक मुल्य ७० रुपैयाँ भन्दा माथी रहेको थियो । चितवनमा उत्पादन भएको फूलको बजार नारायणगढ सहित काठमाण्डौ,पोखरा, हेटौडा,बुटवल लगायतका शहर छन् ।
बिरुवा र बिउँ चाहिएमा सम्पर्क नम्बर 9840802684

 ललितपुरको मगर गाउँ माध्यमिक बिधालय प्राबिधिक शिक्षालयमा कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्छन्। ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौं,’ एक विद्यार्थीले भने, ‘यसले पढेको कुरालाई व्यवहारमा लागू गर्न सहज हुनुका साथै व्यक्तिगत आम्दानी पनि भइरहेको छ।’

विद्यालयले उनीजस्तै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क जमिन उपलब्ध गराएको छ। त्यही जमिनमा विद्यार्थीहरू पढेको कुरालाई व्यवहारमा लागू गर्छन्, उत्पादन बिक्री गरेर पकेट खर्च चलाउँछन्।
प्राबिधिक शिक्षक नवीन घिसिङ तामाङ सहितका बिद्यार्थी हरूले विद्यालयले दिएको जमिनमा प्याज, टमाटर, धनियाँ, काउली, करेला, सिमी लटरम्म फलाएका छन्। ‘बिहान कक्षा–कोठामा किताबी ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौ,’ घिसिङले भनिन्, ‘हामी पढ्दै, सिक्दै र कमाउँदै गरिरहेका छौं।’
विद्यालयको स्वामित्वमा केही जमिन छ। त्यही जमिनको केही क्षेत्रफलमा विद्यालय आफैंले एकीकृत अर्गानिक कृषि मोडेल फार्म सञ्चालन गरिहेको छ। विद्यालयले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानसँगै फार्ममा व्यावहारिक ज्ञान पनि सिकाउँछ। ‘बागमतीलाई आत्मनिर्भर प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यलाई साकार पार्न विद्यार्थीलाई अर्गानिक खेतीसम्बन्धी व्यावहारिक ज्ञान दिने गरेका छौं,’ प्राविधिक धारका विभागीय प्रमुख नवीन घिसिङले भने, ‘हाम्रा विद्यार्थीले किताबी र व्यावहारिक ज्ञानमात्रै सिकेका छैनन्, कृषि–कर्मबाट आम्दानी पनि गरिरहेका छन्।’
विद्यालयले प्राविधि शिक्षा अध्ययनरत विद्यार्थीको छवटा समूह बनाएको छ। समूहका विद्यार्थीलाई कृषि–कर्म गर्न लागि निःशुल्क जमिन दिइएको छ। ‘विद्यालयको जमिनलाई दुई भागमा बाँडेका छौं,’ घिसिङले भने, ‘एउटा ब्लकको आम्दानी विद्यालयको खातामा जान्छ भने अर्को ब्लगको आन्दानी विद्यार्थी आफैंले लिन पाउँछन्।’
यो सिजनमा विद्यार्थीले स्थानीय प्रविधिबाट लहरे प्रजातिको तरकारी बाली लगाएका छन्। ‘अघिल्लो सिजनमा आलु, टमाटर बिक्री ग-यौं,’ ‘यो वर्ष धेरै जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेकाले धेरै आम्दानी हुने अपेक्षा गरेका छौं।’ उनले अर्गानिक उत्पादन भएकाले व्यवसायीहरू बारीमै आएर उत्पादित वस्तुहरू खरिद गर्ने गरेको बताए।
यसबाहेक विद्यालयले सालको पातमा तरकारीका बेर्नाहरू पनि उत्पादन गरिरहेको छ। ‘बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा विद्यालयलाई एकीकृत अर्गानिक कृषि प्रशिक्षण तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्दैछौं,’ विद्यालयका प्रधानाध्यापक फुलध्वज लामाले भने, ‘अनुसन्धान केन्द्रको अवधारणाअनुसार संरचना निर्माण गरेर काम गरिरहेका छौं।’ विद्यालयले बेमौसमी तरकारी खेतीका लागि चारवटा हाइटेक टनेलसमेत निर्माण गरेको छ। अर्गानिक मोडल पार्क पनि निर्माण गरेको सो विद्यालयले केही समयमै गाई, कुखुरा र माछापालन सुरु गर्ने योजना बनाएको छ।
तस्बिरमा प्रधानमन्त्रि कृषी अधुनिकीकरण परियोजना भक्तपुर र श्री मगरगाउँ माध्यमिक विद्यालय बिच व्यवसायिक कृषी उत्पादन कार्यक्रम अन्तर्गत सिमी उत्पादन र बजारीकरण गर्न तरकारी टिपाई गर्दाको तस्वीरहरु।

 चिनियाँ राष्ट्रपति सी चिनफिङ चीनमा कृषि उत्पादन बढाउन ठाउँ-ठाउँमा गएर किसानहरूलाई प्रोत्साहन दिइरहेका छन् ।

गरिबी हटाएर सम्पन्नता ल्याउन आफूले कुनै कसर नछोड्ने भनी उनले चीनको स्वायत्त प्रदेश निनसिया हुइमा गरेको सम्बोधनलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका प्रकाशित गरेका छन् ।
उनी बुधवार सो प्रान्तमा गएर किसानहरूसँग छलफल गरेका थिए । विगत केही महिना यता उनले युनान, बेइजिङ, हुबेई जिज्याङ, सान्सी प्रान्तमा भ्रमण गरिसकेका छन् ।
उनले किसानहरूलाई कम्युनिस्ट पार्टीका योजनाहरूलाई पूर्ण रूपमा लागू गर्न स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।
कोरोनाका कारण संकुचनमा परेको अर्थतन्त्रलाई उकास्न किसानहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले स्थायी रोजगार र जनजीविकाको प्रश्नमा सरकार सधैं जनताको साथ रहेको बताएका हुन् ।
विश्वको उदीयमान देश चीनका राष्ट्रप्रमुख किसानको खेतमा गएर भलाकुसारी गर्दा उनको नजिक सुरक्षाकर्मीको तडकभडक पनि देखिएको छैन ।



Popular Posts