Friday, June 17, 2022

 ३ असार, काठमाडौं । पछिल्लो समयमा शेयर बजार लगातार घटिरहेको छ । सरकारले ल्याएका नीतिका कारण बजार घटेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् ।



मौद्रिक नीतिको अवधि नजिकिदैं जानू, सेयर बजार सुधारमा अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले पूर्णता पाउनू लगायतका कारणले अब बजार नघट्ने आशामा केही लगानीकर्ता छन् ।

यही बेला केही लगानीकर्ताहरु भने बजार थप नघट्ने तर्क गरिरहेका छन् । १० महिना अवधिमा बुधबारसम्म एक हजार २ सय २८ अंकले घटेको छ । बजारबाट १२ खर्ब रुपैयाँ गुमाएका लगानीकर्ता यतीबेला त्रास, पर्ख र हेरको अवस्थामा देखिन्छन् । यसैको सेरेफेरोमा हामीले बजारका केही राम्रा भनिएका कम्पनीको एक वर्षको मूल्य अवस्था अध्ययन गरेका छौं । जसमा राम्रा भनिएका कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा बढीले घटेको देखिन्छ ।

जीवन बीमातर्फ लगानीकर्ताले रुचाउने कम्पनी हो नेपाल लाइफ इन्सुरेन्स । एनएलआईसीको सेयर पछिल्लो एक वर्षमा ६६ प्रतिशतसम्म घटेको छ । यो अवधिमा अधिकतम प्रतिकित्ता २१ सय ९१ रुपैयाँसम्म पुगेको थियो । तर ओरालो लागेको बजारमा कम्पनीको सेयर मूल्य ७२१ रुपैयाँसम्ममा झर्‍यो । शुक्रबार यो कम्पनीको सेयर मूलय ७ सय ३० रुपैयामा कारोबार भएको छ ।

लगानीकर्ताले दोस्रो बजारमा अर्को राम्रो भनिएको कम्पनी हो नबिल बैंक । बैंकको सेयर दोस्रो बजारमा अधिकतम् एक हजार ७४० रुपैयाँसम्म पुगेको थियो भने न्युनतम् ८१५ रुपैयाँमा पनि झ¥यो । अहिले कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ छ ।

दोस्रो बजारमा लगानीकर्ता झुम्मिने अर्को कम्पनीको हो हिमालयन डिष्टीलरी । यो कम्पनीको सेयर मूल्य ओरोलो लागेको बजारमा आधा भन्दा बढीले घट्यो ।

अधिकतम् ७ हजार ९३८ रुपैयाँसम्म प्रतिकिक्ता खरिद बिक्री भएको कम्पनीको सेयर मूल्य न्युनतम् ३ हजार रुपैयाँसम्ममा आइपुगेको थियो । शुक्रबार बजार बन्द हुँदा यो कम्पनीको मूल्य ३ हजार ५७ रुपैयाँ प्रतिकित्ता छ ।

सरकारी स्वमित्वको नागरिक लगानी कोषको सेयर दोस्रो बजारको अर्को राम्रो स्टक हो । बजार उचाईमा पुगेको बेला प्रतिकित्ता ४ हजार ५६० रुपैयाँसम्म पुगेको कम्पनीको सेयर केही दिनअघि २ हजार २८५ रुपैयाँसम्मा झरेको थियो । शुक्रबार अन्तिम कारोबार २ हजार २९६ रुपैयाँ पुगेको छ ।

लघुवित्त क्षेत्रको अर्को राम्रो भनिने सेयर भएको कम्पनी हो महिला लघुवित्त वित्तिय संस्था । सेयर बजार उच्च रहेको १० महिना अघि प्रतिकित्ता ५ हजार ६ सय रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३ हजार २९ रुपैयाँसम्मले घटेको थियो । शुक्रबारको कारोबार पछि कम्पनीको सेयर मूल्य ३ हजार ३८० रुपैयाँ पुगेको छ । 

कम्पनी१ वर्षको अधिकतम् मूल्यशुक्रबारको मूल्य
NLIC२१९१७३०
NABIL१७३२८१८
HDL७९३८३०५७
CIT४५६०२२९६
MLBSL५६००३३८०
JBLB५५१६२८००
UNL२१२००१८१००
MEN१५३०८३०
UPPER९६२४५३
नोट : बोनस शेयर दिएका कम्पनीको मूल्य समायोजन हुने गरेको छ । तर माथि उल्लेखित मूल्यमा कम्पनीले दिएको बोनसको हिसाब समावेश छैन ।

लघुवित्त क्षेत्रकै अर्को रुचाइएको कम्पनी हो जीवन विकास लघुवित्त यो कम्पनीको सेयर मूल्य १० महिना अघि बढेको बजारमा ५ हजार ५१६ रुपैयाँसम्म पुगेको थियो तर अहिले घटेको बजारमा कम्पनीको सेयर मूल्य न्युनतम् २ हजार ७ सय रुपैयाँसम्म झरेको थियो । शुक्रबार कम्पनीको सेयर मू्ल्य २ हजार ८०० रुपैयाँ छ ।

यस्तै बहू राष्ट्रिय कम्पनी यूनिलिभरको सेयर मूल्य पनि निकै उतारचढाबपूर्ण बजारका कारण घटेकै देखिन्छ । बजार उच्च भएको र ओरालो लागेको १० महिना अवधिमा कम्पनीको सेयर २१ हजार २ सयबाट घटेर १७ हजार ३७६ रुपैयाँसम्म झरेको थियो । शुक्रबार यो कम्पनीको दोस्रो बजारमा बिक्री भएको सेयर मूल्य १८ हजार १०० छ ।

जलविद्युततर्फको माउण्टेन इनर्जी कम्पनीको सेयर मूल्य एक हजार ५ सय ३० रुपैयाँको अधिकतम् मूल्यबाट घटेर ८ सय ३० रुपैयाँसम्म झर्‍यो ।

जलविद्युततर्फ लगानीकर्ताले कारोबार गर्ने अर्को कम्पनी अपर तामाकोशी हो । बढेको बजारमा प्रतिकित्ता ९६२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर अहिले घटेको बजारमा न्यूनतम् ४ सय ५३ रुपैयाँसम्म आईपुग्यो । शुक्रबार यो कम्पनीको अन्तिम कारोबार ४५२ रुपैयाँमा भएको छ ।


0 comments:

Post a Comment

Popular Posts