Pages - Menu

Friday, June 17, 2022

चितवन जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने अभियानमा चितवनका दुई युवा

 सयपत्रिको फूल बिरुवा र बिउँ चाहिए सम्पर्क गरौं"- चितवनमा पछिल्लो समय पुष्प ब्यवसायमा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ । लगानी अनुसारको मनग्य आम्दानी हुने भएकोले यो ब्यवसायमा युवाहरु आकर्षित भएका छन् । कालिका नगरपालिका २ पदमपुरका गोविन्द बास्तोला र भरतपुर १४ शिवनगरका मनोज कुमार ढकालले पनि चितवनमा पुष्प ब्यवसाय गर्दै आइरहेका छन् । बास्तोला र ढकाल मिलेर जग्गा भाडामा लिएर पुष्प ब्यवसाय गरेका हुन् ।

बास्तोला र ढकालले संयुक्तरुपमा कालिकाको पदमपुरमा २ विगाहा र भरतपुरको शिवनगरमा १५ कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेका छन् । बारीमा अहिले बिक्री गर्नको लागि फुलको बिउँ राख्ने तयारी अवस्थामा रहेको उनि बताउछन्। करिब ३ बर्ष अगाडि जिएम फ्लोरिकल्चर फर्मको नामबाट ब्यवयास सुरु गरेका उनिहरु अहिले तिहारको लागि सयपत्री फूलका बिरुवा उत्पादन र बिउँ बिक्रीवितरण गर्न ब्यस्त छन् । अहिले उनि नेपालमा राम्रो उत्पादन हुने कलकत्ते,टेनिस बल, लडुगन्दा सयपत्री फुलका बिरुवा तथा बिउँ बेच्ने तयारीमा रहेको बताउँछन्।
अगाडिका बर्ष फुलको अत्यधिक माग भएको हुँदा अहिले प्रन्ध हजार माला बिक्री गर्ने लक्ष्य राखेर काम गरिरहेको उनिहरु बताउँछन्। कृषी विषयनै अध्ययन गरेका ढकालले भने ‘अहिले युवाहरु विदेशीने क्रम वढ्दो छ मेहनत गरेर नेपालमै पुष्प ब्यवसाय गरेमा यहीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’ उनले चितवन फूलमा आत्मनिर्भर नभएको भन्दै युवाहरु यो ब्यवसायमा लागे छिट्टै चितवन फूलमा आत्मनिर्भर हुने बताए ।
पुष्प ब्यवसायमा लाग्दाको सुरुवाती दिन सम्झीदै बास्तोलाले भने ब्यवसाय सुरु गर्दा त्यती प्रोत्साहन नमिले पनि अहिले सवैले यसको महत्व बुझेकाले प्रोत्साहन गर्ने गरेको बताए । उनले भने ‘ब्यवसायबाट सन्तुष्ट छौ, नाफा पनि कमाइराखेका छौ अब हाम्रो लक्ष्य भनेको जग्गा थप्दै फुल खेती गरेर चितवनलाई फुलमा आत्मनिर्भर बनाउने हो ।’ काठमाण्डौमा शंकरदेब क्याम्पसमा प्राध्यापन पेशा गरिरहेका बास्तोलाले पेशा छोडेर पुष्प ब्यवसाय अंगालेका हुन् उनले अहिले भरतपुर कलेजमा अध्यापन गर्दै पुष्प ब्यबसायमा लागेका छ्न,भने कृषि विषयनै अध्ययन गरेका ढकाल कृषि विकास कार्यालय डोल्पाका अधिकृत हुन् ।
ढकालका अनुसार फूलको माग अन्य समयमा भन्दा चाडपर्वको समयमा अत्याधिक हुने गरेकोे छ। उनले तिहारको लागि फूलको माग अत्यधिक भइराखेको हुन्छ तर हामीले उत्पादन गरेको भन्दा बढीको माग हुने गरेको उनि बताउँछन।
तेसैले अहिके उत्पादन बढाउने गरि काम गरिरहेको उनिहरु बताउँछन।
उनले फूलको माग चाडपर्वविवाह,व्रतवन्ध,सभा,गोष्ठी,सेमीनार लगायतका कार्यक्रमको लागि हुने गरेको बताए । तिहारको लागि सयपत्री फूलको माग अत्याधिक हुने उहाँ बताउहुन्छ। तिहारमा बजारमा प्रतिमाला खुद्रा मुल्य ९० रुपैयाँ भन्दा माथी र थोक मुल्य ७० रुपैयाँ भन्दा माथी रहेको थियो । चितवनमा उत्पादन भएको फूलको बजार नारायणगढ सहित काठमाण्डौ,पोखरा, हेटौडा,बुटवल लगायतका शहर छन् ।
बिरुवा र बिउँ चाहिएमा सम्पर्क नम्बर 9840802684

No comments:

Post a Comment