नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो राष्ट्र २६°२२′ देखि ३०°२७′ उत्तर अक्षांश र ८०°४′ देखि ८८°१२′ पूर्वी देशान्तरसम्म फैलिएको छ भने यसको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ। यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ। लन्डनस्थित ग्रिनविच मान समयभन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानेर नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।
नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्बाइ ८८५ किलोमिटर छ। उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाइ २४१ किलोमिटर र न्यूनतम चौडाइ १४५ किलोमिटर रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ किलोमिटर रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका लगभग ८१% नागरिक हिन्दू धर्मावलम्बी छन्, यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक बौद्ध, इस्लाम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्। संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो।[२४][२५] नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लारूलाई काठमाडौँ उपत्यका भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज पर्दछन्। नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो राष्ट्र २६°२२′ देखि ३०°२७′ उत्तर अक्षांश र ८०°४′ देखि ८८°१२′ पूर्वी देशान्तरसम्म फैलिएको छ भने यसको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ। यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ। लन्डनस्थित ग्रिनविच मान समयभन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानेर नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।
नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्बाइ ८८५ किलोमिटर छ। उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाइ २४१ किलोमिटर र न्यूनतम चौडाइ १४५ किलोमिटर रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ किलोमिटर रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका लगभग ८१% नागरिक हिन्दू धर्मावलम्बी छन्, यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक बौद्ध, इस्लाम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्। संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लारूलाई काठमाडौँ उपत्यका भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज पर्दछन् ।
नेपाल शब्दको उत्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ॠषिका पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ। निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डको एकीकरण वि.सं. १८२४ मा गोरखाका राजा पृथ्वी नारायण शाहले थालेका थिए। वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गरिएको थियो। वि.सं. २०६३ को लोकतान्त्रिक जनआन्दोलनपश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरेका थिए। वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्थापन गर्दै नेपाललाई एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपश्चात् प्रशसनिक रूपमा सात प्रदेशमा विभाजन गरि नेपाललाई एक धर्मनिरपेक्ष सङ्घीय संसदीय गणतन्त्र कायम गरिएको छ।

No comments:
Post a Comment