Pages - Menu
Saturday, June 25, 2022
Important Links for Download
Friday, June 17, 2022
दोस्रो बजारमा रुचाइएका कम्पनीकै सेयर मूल्यमा भारी गिरावटः
३ असार, काठमाडौं । पछिल्लो समयमा शेयर बजार लगातार घटिरहेको छ । सरकारले ल्याएका नीतिका कारण बजार घटेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् ।
मौद्रिक नीतिको अवधि नजिकिदैं जानू, सेयर बजार सुधारमा अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले पूर्णता पाउनू लगायतका कारणले अब बजार नघट्ने आशामा केही लगानीकर्ता छन् ।
यही बेला केही लगानीकर्ताहरु भने बजार थप नघट्ने तर्क गरिरहेका छन् । १० महिना अवधिमा बुधबारसम्म एक हजार २ सय २८ अंकले घटेको छ । बजारबाट १२ खर्ब रुपैयाँ गुमाएका लगानीकर्ता यतीबेला त्रास, पर्ख र हेरको अवस्थामा देखिन्छन् । यसैको सेरेफेरोमा हामीले बजारका केही राम्रा भनिएका कम्पनीको एक वर्षको मूल्य अवस्था अध्ययन गरेका छौं । जसमा राम्रा भनिएका कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा बढीले घटेको देखिन्छ ।
जीवन बीमातर्फ लगानीकर्ताले रुचाउने कम्पनी हो नेपाल लाइफ इन्सुरेन्स । एनएलआईसीको सेयर पछिल्लो एक वर्षमा ६६ प्रतिशतसम्म घटेको छ । यो अवधिमा अधिकतम प्रतिकित्ता २१ सय ९१ रुपैयाँसम्म पुगेको थियो । तर ओरालो लागेको बजारमा कम्पनीको सेयर मूल्य ७२१ रुपैयाँसम्ममा झर्यो । शुक्रबार यो कम्पनीको सेयर मूलय ७ सय ३० रुपैयामा कारोबार भएको छ ।
लगानीकर्ताले दोस्रो बजारमा अर्को राम्रो भनिएको कम्पनी हो नबिल बैंक । बैंकको सेयर दोस्रो बजारमा अधिकतम् एक हजार ७४० रुपैयाँसम्म पुगेको थियो भने न्युनतम् ८१५ रुपैयाँमा पनि झ¥यो । अहिले कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ छ ।
दोस्रो बजारमा लगानीकर्ता झुम्मिने अर्को कम्पनीको हो हिमालयन डिष्टीलरी । यो कम्पनीको सेयर मूल्य ओरोलो लागेको बजारमा आधा भन्दा बढीले घट्यो ।
अधिकतम् ७ हजार ९३८ रुपैयाँसम्म प्रतिकिक्ता खरिद बिक्री भएको कम्पनीको सेयर मूल्य न्युनतम् ३ हजार रुपैयाँसम्ममा आइपुगेको थियो । शुक्रबार बजार बन्द हुँदा यो कम्पनीको मूल्य ३ हजार ५७ रुपैयाँ प्रतिकित्ता छ ।
सरकारी स्वमित्वको नागरिक लगानी कोषको सेयर दोस्रो बजारको अर्को राम्रो स्टक हो । बजार उचाईमा पुगेको बेला प्रतिकित्ता ४ हजार ५६० रुपैयाँसम्म पुगेको कम्पनीको सेयर केही दिनअघि २ हजार २८५ रुपैयाँसम्मा झरेको थियो । शुक्रबार अन्तिम कारोबार २ हजार २९६ रुपैयाँ पुगेको छ ।
लघुवित्त क्षेत्रको अर्को राम्रो भनिने सेयर भएको कम्पनी हो महिला लघुवित्त वित्तिय संस्था । सेयर बजार उच्च रहेको १० महिना अघि प्रतिकित्ता ५ हजार ६ सय रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३ हजार २९ रुपैयाँसम्मले घटेको थियो । शुक्रबारको कारोबार पछि कम्पनीको सेयर मूल्य ३ हजार ३८० रुपैयाँ पुगेको छ ।
| कम्पनी | १ वर्षको अधिकतम् मूल्य | शुक्रबारको मूल्य |
| NLIC | २१९१ | ७३० |
| NABIL | १७३२ | ८१८ |
| HDL | ७९३८ | ३०५७ |
| CIT | ४५६० | २२९६ |
| MLBSL | ५६०० | ३३८० |
| JBLB | ५५१६ | २८०० |
| UNL | २१२०० | १८१०० |
| MEN | १५३० | ८३० |
| UPPER | ९६२ | ४५३ |
| नोट : बोनस शेयर दिएका कम्पनीको मूल्य समायोजन हुने गरेको छ । तर माथि उल्लेखित मूल्यमा कम्पनीले दिएको बोनसको हिसाब समावेश छैन । | ||
लघुवित्त क्षेत्रकै अर्को रुचाइएको कम्पनी हो जीवन विकास लघुवित्त यो कम्पनीको सेयर मूल्य १० महिना अघि बढेको बजारमा ५ हजार ५१६ रुपैयाँसम्म पुगेको थियो तर अहिले घटेको बजारमा कम्पनीको सेयर मूल्य न्युनतम् २ हजार ७ सय रुपैयाँसम्म झरेको थियो । शुक्रबार कम्पनीको सेयर मू्ल्य २ हजार ८०० रुपैयाँ छ ।
यस्तै बहू राष्ट्रिय कम्पनी यूनिलिभरको सेयर मूल्य पनि निकै उतारचढाबपूर्ण बजारका कारण घटेकै देखिन्छ । बजार उच्च भएको र ओरालो लागेको १० महिना अवधिमा कम्पनीको सेयर २१ हजार २ सयबाट घटेर १७ हजार ३७६ रुपैयाँसम्म झरेको थियो । शुक्रबार यो कम्पनीको दोस्रो बजारमा बिक्री भएको सेयर मूल्य १८ हजार १०० छ ।
जलविद्युततर्फको माउण्टेन इनर्जी कम्पनीको सेयर मूल्य एक हजार ५ सय ३० रुपैयाँको अधिकतम् मूल्यबाट घटेर ८ सय ३० रुपैयाँसम्म झर्यो ।
जलविद्युततर्फ लगानीकर्ताले कारोबार गर्ने अर्को कम्पनी अपर तामाकोशी हो । बढेको बजारमा प्रतिकित्ता ९६२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर अहिले घटेको बजारमा न्यूनतम् ४ सय ५३ रुपैयाँसम्म आईपुग्यो । शुक्रबार यो कम्पनीको अन्तिम कारोबार ४५२ रुपैयाँमा भएको छ ।
चितवन जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने अभियानमा चितवनका दुई युवा
सयपत्रिको फूल बिरुवा र बिउँ चाहिए सम्पर्क गरौं"- चितवनमा पछिल्लो समय पुष्प ब्यवसायमा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ । लगानी अनुसारको मनग्य आम्दानी हुने भएकोले यो ब्यवसायमा युवाहरु आकर्षित भएका छन् । कालिका नगरपालिका २ पदमपुरका गोविन्द बास्तोला र भरतपुर १४ शिवनगरका मनोज कुमार ढकालले पनि चितवनमा पुष्प ब्यवसाय गर्दै आइरहेका छन् । बास्तोला र ढकाल मिलेर जग्गा भाडामा लिएर पुष्प ब्यवसाय गरेका हुन् ।
ललितपुरको मगर गाउँ माध्यमिक बिधालयको पढ्दै काम गर्दै अभियानमा बिद्यार्थीलाई सहभागी बनाउदै"-
ललितपुरको मगर गाउँ माध्यमिक बिधालय प्राबिधिक शिक्षालयमा कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्छन्। ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौं,’ एक विद्यार्थीले भने, ‘यसले पढेको कुरालाई व्यवहारमा लागू गर्न सहज हुनुका साथै व्यक्तिगत आम्दानी पनि भइरहेको छ।’
किसानका खेत-खेत चाहार्दै चिनियाँ राष्ट्रपति शी : कृषि उत्पादन बढाउन प्रोत्साहन
चिनियाँ राष्ट्रपति सी चिनफिङ चीनमा कृषि उत्पादन बढाउन ठाउँ-ठाउँमा गएर किसानहरूलाई प्रोत्साहन दिइरहेका छन् ।
नेपालमै काजु खेती गर्न सकिन्छ,चितवनमा सुरु भयो व्यावसायिक काजु खेती
यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो । यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको हो । यस्को विरुवा सदावहार प्रकृतिको १०—१२ मिटर सम्म अग्लो हुन्छ । पातहरु ४—२२ सेन्टिमिटर लामो र २— १९ सेन्टिमिटर चौडा यसो हेर्दा चिउरीको पात जस्तो देखिन्छ । यस्को फेदले खास कुनै निश्चित आकार लिएको हुदैन ।संसारको सवैभन्दा ठुलो एउटा काजुको वोटले ७५०० वर्ग मिटर क्षेत्र ओगटेको कुरा काजु वर्णनमा पाइन्छ । यस्को फल यसो हेर्दा अण्डाकार वा नास्पति आकारको हुन्छ । फल पाक्दा पहेलो वा कलेजी रं’गको ५—११ से.मि. लामो हुन्छ । पाकेको फलको स्वाद गुलियो हुन्छ । फल भित्रको वीउफल अथवा गुदि फल मिर्गौला अथवा वक्सिड। को ग्लोव आकारको हुन्छ । दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र (खास गरी व्राजिल) यसको उत्तपत्ति स्थान मानिन्छ र यो फल त्यस क्षेत्रको रैथाने प्रजाति हो । हाल आएर संसारका धेरै देशहरुको उष्ण प्रदेशिय हावापानीयुक्त क्षेत्रमा व्यवसायिक खेतिको रुपमा र वैदेशिक मुद्रा आर्जनको प्रमख श्रोतजन्य कृषि वालिको रुपमा विश्व वजारको ठुलो हिस्सा ओगटेको फलफूल मानिन्छ ।विश्वमा सन् २०१० को काजुको उत्पादन तथ्यांकलाई हेर्दा नाईजेरिया ६,५०,००० मे.टन (१.९७ मे.टन प्रति हेक्ट), भारत ६,१३,००० मे.टन (०.६६मे.टन प्रति हेक्टर), भियतनाम २,८९,८४२ मे.टन.(०.८५ मे.टन प्रति हेक्टर), व्राजिल १,०४,३४२ मे.टन (०.१४ मे.टन प्रति हेक्टर) उत्पादन भएको देखिन्छ ।सन् २०१० को विश्व बजारलाई हेर्दा नाइजेरिया प्रमख उत्पादक राष्ट्रको रुपमा लिन सकिन्छ । प्रति इकाइ उत्पादनको हिसावले पेरुमा विश्वको सवैभन्दा वढि काजु (सन्२०१०) ५.२७ मे.टन प्रति हेक्टर उत्पादन भएको देखिन्छ । काजुको स्थानिय जातहरु १४ मिटर सम्म अग्लो हुने ३ वर्ष पछि मात्र फल्न सुरु गर्छ भने नयाँ विकास गरिएका प्रजातिका विरुवा भने ६ मिटर अग्लो र पहिलो वर्षवाट नै फल्न सुरु गर्दछन्। काजुको स्थानिय जातको उत्पादन ०.२५ मे.टन प्रति हेक्टर छ भने उन्नत जातको उत्पादन १ मेट्रिक टन प्रति हेक्टर हुने गर्दछ ।













